भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

दुई रकेटमा चीनले चन्द्रमामा मानिस पठाउने

दुई रकेटमा चीनले चन्द्रमामा मानिस पठाउने

बेइजिङ । चीनले अन्तरिक्ष क्षेत्रमा निकै प्रगति गरेको छ । विश्वले चीनको अन्तरिक्ष योजनालाई अझ गम्भीरताका साथ लिइरहेका छन् । जबदेखि अमेरिकाको आर्टेमिस मिसन सुरु भएको छ, चन्द्रमाको बारेमा अभियानहरूमा थोरै चर्चाले हलचल सिर्जना गर्दै आएको छ । हालै विश्वको नजर भारतको चन्द्रयान ३ मिसनमा छ । जुन आज प्रक्षेपण हुन लागेको छ ।

तर यसैबीच, चन्द्रमामा चीनको मानव योजना फेरि चर्चामा आएको छ । चिनियाँ रकेटसहितको यो अभियान परम्परागत अन्तरिक्ष अभियानभन्दा धेरै फरक हुने बताइएको छ । चीनले सन् २०३० सम्ममा चिनियाँ यात्रुहरूलाई चन्द्रमामा लैजाने लक्ष्य राखे पनि यी योजनाबारे नयाँ जानकारीले फेरि एकपटक चिनियाँ अभियानको चर्चा सुरु भएको हो ।

चीनको नयाँ योजनाले यो देखाउँछ कि चीनले आफ्नो यात्रु अभियानका लागि दुईवटा रकेट प्रक्षेपण गर्नेछ, जसमध्ये एउटा चिनियाँ यात्रुहरू हुनेछन् । यस योजनाको विशेष कुरा यो छ कि चीनको यो अभियान अमेरिका र रुसको परम्परागत अभियानभन्दा फरक हुनेछ, जसमा दुईवटा रकेटमध्ये एउटामा यात्रु र एउटा अन्तरिक्ष यान चन्द्रमाको कक्षमा जडान गरिने छ।

यससँगै सन् २०३० सम्ममा चन्द्रमामा यात्रु पठाउने चीनको लक्ष्यमा कुनै परिवर्तन देखिएको छैन । चीनले यो दुई रकेट योजनाले हेवी ड्युटी शक्तिशाली रकेट उत्पादनमा चीनको लामो समयदेखि रहेका अवरोधहरू हटाउन मद्दत गर्ने आशा गरेको छ । चीनले अहिलेसम्म अन्तरिक्ष यात्रीहरूसँग चन्द्रमामा ल्यान्डर प्रोब पठाउन सक्षम हुने शक्तिशाली रकेट विकास गर्ने प्रयास गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.