भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्यो

देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्यो

काठमाडौं । देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।

अनुगमनपश्चात जनक शिक्षा सामाग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी समेत गरे ।

सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामाग्री केन्द्रमा अनुगमन गरेको थियो । अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्नेबताउदै प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे ।

उनले जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्री वितरण गरिहेको जानकारी दिए । उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.