भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

वागमती । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताए । पचास शय्याको अस्पताललाई तीनसय श्याको बनाएको र अब चाडै नै ५०० शय्याको विशाल अस्पताल बनाइने उहाँले जानकारी दिए ।

तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको सघन उपचार कक्ष, एचडियु तथा भेन्टिलेटर जस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले चाडै नै मुटु रोग तथा अर्बुद रोग क्यान्सर को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उहाँले प्रदेश सरकारले हेटौँडा अस्पतालमा छ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको जनाउँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोरोना नियन्त्रण र उपचारका लागि काम भइरहेको बताए। उहाँले सरकारलाई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगले नै उपलब्धि हासिल हुने बताए । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अभावमा सहयोग गर्ने उद्योगपतिलाई धन्यवाद व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले आफूहरुले अक्सिजन अभावमा गुज्रेको अस्पतालमा विभिन्न रोकावटका बाबजुद पनि तत्कालीन रुपमा दैनिक २० सिलिन्डर उत्पादन गर्ने प्लाण्ट जडान गरिएको जानकारी दिँदै महामारीको जुटेर सामना गर्नुपर्नेमा जोड दिए

 


Thali Mobile Pvt.Ltd.