भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

धेरै नेपाली रहेका देशहरुमा साउन १ गतेदेखि मतदाता नामावली संकलन गरिने

धेरै नेपाली रहेका देशहरुमा साउन १ गतेदेखि मतदाता नामावली संकलन गरिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि धेरै नेपाली रहेका देशहरुमा निर्वाचन आयोगले साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ। धेरै नेपाली कार्यरत दुबई, मलेसिया, कोरिया लगायत देशबाट मतदाता नामावली संकलन सुरु गरिने संसद्‍को राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका हुन ।

प्रमुख आयुक्त थपलियाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सरकारले नसच्याए साउन १ गतेदेखि काम ठप्प हुने चेतावनी समेत दिए। सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारीमार्फत नै मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणाप्रति आयोगले असन्तुष्टि जनाइरहेका बेला समितिले आयोगका पदाधिकारीहरुसँग एकीकृत निर्वाचन कानुन, निर्वाचन प्रणाली सुधार लगायत विषयमा छलफल गरेको छ । सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयबाट निर्वाचनसम्बन्धी कार्य सन्चालन गर्ने घोषणा गरेको थियो। समितिको बैठकमा सदस्यहरुले निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको औंल्याएका थिए।

 


Thali Mobile Pvt.Ltd.