भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नगरकोटमा प्राङ्गारिक तरकारी हाटबजार सुरु, पहिलो दिनमै किसान उत्साहित

नगरकोटमा प्राङ्गारिक तरकारी हाटबजार सुरु, पहिलो दिनमै किसान उत्साहित

भक्तपुर । नगरकोटमा स्थानीय किसाले गरेको उत्पादन विक्रि वितरण गर्न हाटबजार सुरु भएको छ । किसानले गरेको उत्पादनलाई बिचौलियाबाट मुक्त गर्न नगरकोटमै पहिलो पटक शुक्रबारबाट हाटबजार सुरु भएको हो ।

भक्तपुरको चाँगुनारायण गरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको संगमस्थल नगरकोट चोकमा आपसी सेवा केन्द्रको सहयोगमा सुरु भएको प्राङ्गारिक तरकारी हाटबजारको उद्घाटन गर्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले आफू निर्वाचित भएदेखिको सपना साकार भएको बताए । उनले स्थानीय किसानहरुको उत्पादनलाई बजारीकरण गर्न विगतमा समस्या भएपनि नगरकोटमा सुरु गरिएको हाटबजारले समस्या समाधान हुनेमा आफू आशावादी भएको प्रतिक्रिया दिए । मेयर वाइबाले नगरकोटमा किसानले उत्पादन गरेको अर्गानिक तरकारीको बजार व्यवस्थापन गर्न नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष पुरुषोतम बजगाईले अर्गानिक तरकारीको बजारीकरण हुनु राम्रो विषय भएको बताउँदै व्यवसायीहरुले किसाले उत्पादन गरेको तरकारी किनेर सहयोग गर्न आग्रह गरे । उनले केही दिनलाई मात्र नभई दिगो रुपमा तरकारी उत्वपादन तथा विक्रि वितरण गर्न सहजीकरण गर्दै दिगो रुप दिनुपर्ने बताए ।नगरकोटमा प्राङ्गारिक तरकारी हाटबजार सुरु, पहिलो दिनमै किसान उत्साहित

वडा नं २ वडा अध्यक्ष राज कुमार मल्लले नगरकोटमा तसरकारी बजार स्थापना गर्नु सुःखद भएको बताउँदै यसको दिगो रुपमा विकास गर्न जरुरी रहेको बताए । बजारमा विभिन्न किसिमका विषाधी प्रयोग गरिएको तरकारी विक्रिवितरण भइरहेको वेला काभ्रे एकीकृत ग्रामिण शसक्तीकरण कार्यक्रमको सहयोगमा मण्डनदेउपुर पिजिएस प्रमाणिकरण कृषक समूहले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १ देखि ४ सम्मका वडामा उत्पादित प्राङ्गारिक तरकारी र चाँगुनारायण नगरपालिका वडा नं ६ का किसानहरुले उत्पादन गरेका विभिन्न अर्गानिक तरकारीहरु मेलामा राखिएको थियो ।नगरकोटमा प्राङ्गारिक तरकारी हाटबजार सुरु, पहिलो दिनमै किसान उत्साहित

आपसी सेवा केन्द्र काभ्रेका अध्यक्ष बद्रीप्रसाद माकजुले नगरकोटका होटल व्यवसायीहरुले मेलामा विक्रि हुँन बाँकि भएका तरकारीहरु समेत किसानले घर फर्काउने भन्दा होटल व्यवासायीहरुले नै किन्नु पर्ने वातावरण बनाउनुपर्ने तर्क गरे । उनले किसानको उत्पादनलाई व्यवासायीहरुको सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा किसानहरुको उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गरिएको काभ्रे एकीकृत ग्रामिण शसक्तीकरण कार्यक्रमका कार्यक्रम प्रवन्धक प्रलाद तिमिल्सिनाले बताए । नगरकाेट नालदुम पर्यटन विकास समितिका अध्यक्ष नविन नविन गरुङले नगरकोटमा निकै राम्राे कार्यको सुरुवात भएको बताउँदै नगरकोट आउने स्वदेशी तथा विदेशी पाहुँनाले अर्गानिक खानेकुरा खान पाउँनेमा आफू विश्वत रहेको बताए ।

उनले मण्डनदेउपुर नगरपालिका वडा न १ देखि ४ सम्मका किसानले विगत १२ वर्ष देखि प्राङ्गारिक तरकारी उत्पादन गरिरहेको बताउँदै किसानहरुको उत्पादनलाई बजारिकरण गर्न हाटबजार आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिदै चाँगुनारायण नगरपालिका वडा नं ६ वडा अध्यक्ष धनबहादुर लामाले विगत लामो समयदेखि नगरकोटमा हुन नसकेको काम बल्ल भएको बताउँदै ऐतिहासिक कार्यको थालनि भएको तर्क गरे । अध्यक्ष लामाले सम्पूर्ण किसानहरुका लागि नगरकोटमा अर्गानिक तरकारी मेला लाग्नु खुशीको कुरा भएको बताए ।नगरकोटमा प्राङ्गारिक तरकारी हाटबजार सुरु, पहिलो दिनमै किसान उत्साहित

कार्यक्रममा आपसी सेवा केन्द्रका जगत शाहीले आपसी सेवा केन्द्रले काभ्रेको मण्डनदेउपुर नगरपालिमा गरेको कार्यसम्पादनबारे प्रकाश पारेका थिए । मेलामा आफूहरुले सोच्दै नसोचेको तरकारी विक्रिवितरण भएको सहभागिहरुको भनाई छ । मेला हरेक शुक्रबार र शनिबार निरन्तर रुपमा लाग्ने हो भने आफूहरुलाई सहज हुने सहभागिहरुले बताए । कार्यक्रममा नगरकाेट पर्यटन टोल सुधार समितका अध्यक्ष कृष्ण तामाङले, नमुना कृषक लगायतले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रमको संयोजन आपसी सहयोग केन्द्र काभ्रे शाखाले गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.