भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाही गर्ने चिविको तयारी

नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाही गर्ने चिविको तयारी

काठमाण्डौ । नवीकरण नगरेका क्याम्पस र कलेजहरुको सूची त्रिविले सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तर नविकरण नगरेका देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची त्रिविले सार्वजनिक गरेको हो ।

त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले उक्त सूची सार्वजनिक गरेको त्रिविले जनाएको छ । कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न त्रिविले आग्रह गरेको छ ।

त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने ? भनेर सूचना समेत प्रकाशित गरि सकेको छ । सम्बन्धन नवीकरण नगरेका क्याम्पस, कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.