भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु | डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी | ५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत |

नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाही गर्ने चिविको तयारी

नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाही गर्ने चिविको तयारी

काठमाण्डौ । नवीकरण नगरेका क्याम्पस र कलेजहरुको सूची त्रिविले सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तर नविकरण नगरेका देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची त्रिविले सार्वजनिक गरेको हो ।

त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले उक्त सूची सार्वजनिक गरेको त्रिविले जनाएको छ । कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न त्रिविले आग्रह गरेको छ ।

त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने ? भनेर सूचना समेत प्रकाशित गरि सकेको छ । सम्बन्धन नवीकरण नगरेका क्याम्पस, कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.