भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन |

नारायणीको तटबन्ध गैंडाकोटतर्फ पनि बनाउने सहमति, नारायणगढमा ‘सी बिच मोडल’

नारायणीको तटबन्ध गैंडाकोटतर्फ पनि बनाउने सहमति, नारायणगढमा ‘सी बिच मोडल’

नवलपुर। एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैंडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिने भएको छ।

अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सी बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको बहाव परिवर्तन भई गैंडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयबासीले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार गैंडाकोट बचाऔं संघर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैंडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति भएको छ।

गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन्। नवलपुरतर्फका बासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले बताए। बर्खायाममा गैंडाकोट नगरका १, २, ५, ६, ७ र ९ नम्बर वडाको तटीय क्षेत्रमा नारायणीको बाढी पस्दै आएको छ।

नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले जानकारी दिए।

‘नारायणीको पुलबाट उत्तरतर्फ सी बिच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि गैंडाकोट क्षेत्रमा पनि संरक्षणका कार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आगामी एक साताभित्र तटबन्धका लागि डिपीआर प्रक्रिया अघि बढाइनेछ,’ सहमति भएका विषयबारे उनले भने, ‘गैंडाकोट(६ र ९ स्थित किनार क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक काम अघि बढाउने निर्णयमा पुगेका छौं।’

त्रिपक्षीय सम्झौतापछि गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताए। तटबन्धको डीपीआर, संरचना निर्माणलगायत सहजीकरणका लागि आफू सधैं तयार रहेको पनि उनले प्रतिबद्धता जनाए।

सहमतिपछि संघर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.