निजी पूर्वाधार निर्माणमा रोक

निजी पूर्वाधार निर्माणमा रोक image

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो ।

दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषण हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन् ।

केन्द्रीय प्रदुषण मापन बोर्डले वायुको गुणस्तर निकै कमजोर रहेको भन्दै निर्माण सम्बन्धी काममा रोक लगाउने निर्णय गरेको हो ।

वायु प्रदुषणको सूचांक तीन सयदेखि चार सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा पुग्नु हो भन्दै यसबाट पर्न सक्ने असरका लागि भारत सरकारले क्षमा याचना पनि गरेको छ ।

सरकारले डिजलबाट चल्ने अटोरिक्सा सञ्चालनमा पनि केही समय रोक लगाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखियो image

    बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखियो

    एजेन्सी । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको हो । बाढीको सबैभन्दा धेरै असर...

  • अमेरिका र इरानबीचको शत्रुता बढ्याे image

    अमेरिका र इरानबीचको शत्रुता बढ्याे

    काठमाडौं । अमेरिका र इरानबीचको शत्रुता चुलिदै गएको छ । इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको...

  • मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढ्यो image

    मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढ्यो

    एजेन्सी । इजरायल माथि इरानले आक्रमण शुरु गरेको छ । इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट भएको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार रातको पौने २...

  • इजरायलमा ड्रोन आक्रमण image

    इजरायलमा ड्रोन आक्रमण

    काठमाडौं । इजरायलमा ड्रोन आक्रमण भएको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्सले जनाएको छ । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको...


hotelghyampedanda