भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

निर्दयी प्रहरी

निर्दयी प्रहरी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते भएका छन् । अनामनगरका मनिष श्रेष्ठ माइतीघरमा प्रहरीले कुटपिट गर्दा घाइते भएका हुन् ।

प्रदर्शनमा सहभागी बद्रिप्रसाद ढुंगानाले बताएअनुसार प्रहरीको कुटाइबाट घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएको दाबी गरेका छन् ।

शुक्रबार नै बानेश्वरमा पनि प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको प्रहरीले संविधान दिवसको सन्दर्भमा सर्वसाधारणलाई लाठी हानेको थियो । यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा बब्लु गुप्तालाई कुटपिट गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.