भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता खै ? नेमकिपा

नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता खै ? नेमकिपा

काठमाडौं । राष्ट्रपति निर्वाचनमा भाग नलिने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको जनाइएको छ हो । नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद रहेका छन् ।

राष्ट्रपति पदमा उम्मेदवार दिएका कांग्रेस र एमालेले एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को नेपाल(भारत सन्धि, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता नगरेले कुनै पनि राष्ट्रपतिका उम्मेदवारलाई भोट नदिने नेमकिपाले जनाएको छ ।

नागरिकता विधेयक, भारतबाट अतिक्रमित भूमि फिर्ता लगायतका प्रतिबद्धता कांग्रेस र एमालेले नगरेको नेमकिपाको आरोप रहेको छ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.