भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता खै ? नेमकिपा

नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता खै ? नेमकिपा

काठमाडौं । राष्ट्रपति निर्वाचनमा भाग नलिने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको जनाइएको छ हो । नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद रहेका छन् ।

राष्ट्रपति पदमा उम्मेदवार दिएका कांग्रेस र एमालेले एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को नेपाल(भारत सन्धि, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता नगरेले कुनै पनि राष्ट्रपतिका उम्मेदवारलाई भोट नदिने नेमकिपाले जनाएको छ ।

नागरिकता विधेयक, भारतबाट अतिक्रमित भूमि फिर्ता लगायतका प्रतिबद्धता कांग्रेस र एमालेले नगरेको नेमकिपाको आरोप रहेको छ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.