भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बालविबाह बिरद्ध हाइकिङ

बालविबाह बिरद्ध हाइकिङ

ललितपुर । बालविबाहको रोकथामका लागि बुधबार ललितपुरमा हाइकिङ भएको छ । हाइकिङको उदघाटन चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ललितपुरको सुनाकोठीस्थित मदरगंगा प्रिस्कुल नजिकैको चोकमा गरे । सफल महिला समूह र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा भएको हो ।

हाइकिङ दक्षिण ललितपुरको गुप्तेश्वर महादेवबाट सुरु भएको थियो । त्यहाँंबाट कन्जोसम निस्केर समापन भएको थियो । हाइकिङमा सहभागीहरुलाई ललितपुरको लेले टिकाभैरबमा पुगेपछि लेले महिला समूहले स्वागत गरेको थियो । यसक्रममा आगामी दिनमा लेले लेले महिला समूहले पनि साथ दिने जनाइयो ।

यसको लागिसँंगै सहकार्य गरी अगाडि वढने जनाइयो । हाइकिङ दुई तीन घण्टा चलेको थियो । हाइकिङमा विभिन्न क्षेत्रका चार दर्जन वढी महिला पुरुष सहभागी थिए । मेक नेपाल अ चाइल्ड म्यारिज फ्रि नेशन (नेपाललाई बालविवाहमुक्त गर्ने अभियान) को रुपमा हाइकिङ थालिएको हो ।

पहिलो पटक ललितपुरलाई बालविवाहमुक्त बनाउने अभियानसहित ललितपुरबाट अभियान थालिएको अभियानकर्ता एवं उतरी र दक्षिणी मोहदावाट सर्वप्रथम हिमाल आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बताइन् । बालविवाहमुक्त अभियान अन्तर्गत अवदेखि हरेक महिना फरकफरक ठाउँंमा यस प्रकारको हरेक महिना बालविवाह रोकथाम अभियान अन्तगर्त हाइकिंग हुने जनाइयो ।

 


Thali Mobile Pvt.Ltd.