भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बालविबाह बिरद्ध हाइकिङ

बालविबाह बिरद्ध हाइकिङ

ललितपुर । बालविबाहको रोकथामका लागि बुधबार ललितपुरमा हाइकिङ भएको छ । हाइकिङको उदघाटन चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ललितपुरको सुनाकोठीस्थित मदरगंगा प्रिस्कुल नजिकैको चोकमा गरे । सफल महिला समूह र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा भएको हो ।

हाइकिङ दक्षिण ललितपुरको गुप्तेश्वर महादेवबाट सुरु भएको थियो । त्यहाँंबाट कन्जोसम निस्केर समापन भएको थियो । हाइकिङमा सहभागीहरुलाई ललितपुरको लेले टिकाभैरबमा पुगेपछि लेले महिला समूहले स्वागत गरेको थियो । यसक्रममा आगामी दिनमा लेले लेले महिला समूहले पनि साथ दिने जनाइयो ।

यसको लागिसँंगै सहकार्य गरी अगाडि वढने जनाइयो । हाइकिङ दुई तीन घण्टा चलेको थियो । हाइकिङमा विभिन्न क्षेत्रका चार दर्जन वढी महिला पुरुष सहभागी थिए । मेक नेपाल अ चाइल्ड म्यारिज फ्रि नेशन (नेपाललाई बालविवाहमुक्त गर्ने अभियान) को रुपमा हाइकिङ थालिएको हो ।

पहिलो पटक ललितपुरलाई बालविवाहमुक्त बनाउने अभियानसहित ललितपुरबाट अभियान थालिएको अभियानकर्ता एवं उतरी र दक्षिणी मोहदावाट सर्वप्रथम हिमाल आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बताइन् । बालविवाहमुक्त अभियान अन्तर्गत अवदेखि हरेक महिना फरकफरक ठाउँंमा यस प्रकारको हरेक महिना बालविवाह रोकथाम अभियान अन्तगर्त हाइकिंग हुने जनाइयो ।

 


Thali Mobile Pvt.Ltd.