३० बैशाख २०७७ काठमाडौं । नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित भएसंगै १९१ जना संक्रमित पुगेका छन् । थपिएका सबैजना संक्रमित पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन् । यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।
हालसम्म गरी ३० जनाभन्दा धेरै निको भएर घर फर्किएका छन् ।