भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपालमा कोरोना संक्रमित मृतकको संख्या २२ पुग्यो

नेपालमा कोरोना संक्रमित मृतकको संख्या २२ पुग्यो

४ असार २०७७ बिहीबार, काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ ।

गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीको नवजीवन अस्पतालमा उपचारका लागि पुगेका थिए ।

जेठ ३१ गते कोरोना पुष्टि भएपछि उनलाई सेती अस्पतालमा सारिएको थियाे । यस्तै, लम्कीजुहा २ कैलालीकी एक ४२ वर्षीय महिलाको पनि मृत्यु भएको छ । टाउकोमा चोट लागेर शवड्युरल हेमाटोमा भएकी उनी जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल भर्ना भएकी थिइन् ।

उनको शल्यक्रिया गर्नुअघि असार २ गते स्वाब संकलन गरिएको थियो । तर उनको रिपोर्ट नआउँदै असार २ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्युपछि असार ३ गते आएको रिपोर्टमा उनको कोरोना पोजेटिभ भेटिएको हाे ।

 


Thali Mobile Pvt.Ltd.