File Photo
२४ जेठ २०७७ काठमाडाै । नेपालमा कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।
वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा उनले औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया थालेका हुन् । यसका लागि प्रदेशका विज्ञ तथा वैज्ञानिकसँग समेत छलफल गरेर छलफल भएपछि उनले बनाएको औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय गरिएको मन्त्री दुलालले बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुने र डाक्टर दासलाई प्रदेश सरकारले साथ दिएको छ । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसका प्राध्यापन हुन ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न डाक्टर दासलाई सुझाव दिएको छ । एक भिडियो कन्फेरेन्समा कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेल पठाउदै सुझाव दिएको डाक्टर दासले बताए ।
१६ पृष्ठ लामो सुझावमा डाक्टर दासलाई डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको छ ।