भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

दैलेखमा कर्फ्यु, अवज्ञा गरे कारबाही

दैलेखमा कर्फ्यु, अवज्ञा गरे कारबाही

२३ जेष्ठ २०७७ दैलेख । कोरोना संक्रमण बढेपछि दैलेख प्रशासनले दुइ नगरपालिकामा साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ ।

नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । संक्रमित बढेकाले र्क्फ्यु नै लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

अत्यावश्य सेवाबाहेकका अन्य कामहरु नगर्न प्रशासनले आदेश जारी गरेकाे छ । नारायण नगरपालिकाको सबै सिमाना तथा दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने नाकामा समेत र्क्फ्यु लगाइएको हो ।

संक्रमण रोक्न र्क्फ्यु लगाइएको हाे । दुई नगरपालिकाका ३ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने ३ सय ८ जनामा कोरोना पुष्टि भएको छ । हाल सम्म दैलेखमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

bijepti

 


Thali Mobile Pvt.Ltd.