भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपालमा साढे ६८ हजारको कोरोना परीक्षणमा ९९ जना संक्रमित (भिडियाे)

नेपालमा साढे ६८ हजारको कोरोना परीक्षणमा ९९ जना संक्रमित (भिडियाे)

२५ बैशाख २०७७ काठमाडौं । नेपालमा हालसम्म साढे ६८ हजारको कोरोना परीक्षण गरिएको सरकारले जनाएको छ। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५४ हजार ९३ र पिसिआर विधिमार्फत १४ हजार ५ सय ९ गरी कुल परीक्षणको संख्या ६८ हजार ६ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५१ वटा परीक्षण गरिएको बताएका छन् । उनका अनुसार देशभरका सातै प्रदेशमा आरडिटी विधिमार्फत परीक्षण जारी रहेको छ । अपडेटअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ वटा परीक्षण गरिएको छ ।

प्रादेशिक विवरणअुनसार, प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३ र कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ वटा परीक्षण भएका छन् ।

भिडियाे हेर्न तल थिच्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/2787499758045104/

क्वारेन्टाइनमा बस्नेहरूको संख्या भने १७ हजार ३ सय ७२ जना रहेको छ । सबैभन्दा थोरै बागमती प्रदेशमा २ सय ६१ जना रहेका छन् । बागमतीपछि गण्डकी प्रदेशमा ५ सय २८ जना रहेका छन् । त्यसैगरी, प्रदेश नम्बर १ मा १ हजार ९ सय १५ जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ९० जना, प्रदेश नम्बर ५ मा ६ हजार ८ सय १२ जना, कर्णाली प्रदेशमा ३ हजार ८९ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ जना छन् ।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा रहेकाहरूलाई व्‍यक्तिगत सरसफाइमा ध्यान दिन र सही सूचनाका लागि तीनै तहका सरकारको समन्वयमा रहन आग्रहसमेत गरेका छन् । डा देवकोटाका अनुसार संक्रमित तथा सम्भावित संक्रमित कुल १ सय ३३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ३ जना र काठमाडौं उपत्यकाबाहिर १ सय ३० जना रहेका छन् ।