भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपाल आउने अधिकांश विदेशी पर्यटकको रोजाइ बन्यो रानीकोट

नेपाल आउने अधिकांश विदेशी पर्यटकको रोजाइ बन्यो रानीकोट

काठमाडौं । चिसो मौसम सूरु भएसंगै नेपाल आउने अधिकांश विदेशी पर्यटकको रोजाइ रानीकोट बनेको छ । उपत्यको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रानीकोट पदयात्राका लागि पनि प्रख्यात छ । आन्तरिक पर्यटकले खचाखच भरिरहने रानीकोट पछिल्लो समय विदेशी पर्यटकको लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।

कोरोनाबाट थला परेको पर्यटन क्षेत्र विस्तारै पुनउत्थान हुन थालेको छ । राजधानीबाट नजिकै रहेको भक्तपुर, ललितपुर र काभ्रे जिल्लाको संगम स्थलका रुपमा पनि परिचित रानीकोट सुर्यविनायक नगरपालिका, काभ्रेको पनौती नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिको संगमस्थल रानीकोट पर्यटकीय रुपमा मात्रै होइन, पुरात्वातिक र ऐतिहासिक महत्व बोकेको छ ।

जसका कारण यहाँ पर्यटकको घुँइचो लाग्ने गरेको छ । मल्लकालिन संरचनाका भग्नावशेषले पनि यसको इतिहास गर्भमै लुकेको छ । यसको सरोकारवाला निकायले जसको उत्खनन् गरेर पर्यटनसंग जोडेर लानेहो भने यसको महत्व अझ बढेर जानेमा दुईमत छैन ।

चेक रिपब्लिकबाट रानीकोट घुम्न आएका पर्यटकले भने, ‘नेपालमा आउने सबै पर्यटक घुम्न आउँने ठाउँ रहेछ रानीकोट । पर्यटकलाई रानीकोटका बारेमा सकारात्मक सन्देश दिन जरुरी रहेको भन्दै अझ विश्व पर्यटन दिवस यस्तै ठाउँमा मनाउन पाएको भए उत्तम हुने सुझाव उनीहरुको छ ।

यो क्षेत्रमा सिजनमा हजारौं पर्यटक आउने गरेका छन् । यसैवीच रानीकोटको महत्वलाई बुझेर सरकारले नै विकासमा टेवा पु¥याउन सके रानीकोटको मुहार बदलिने जे.भी. फाउण्डेशनका अध्यक्ष समाजसेवी प्रा.डा. जगदीश वैद्यले बताए । रानीकोट क्षेत्रको विकासमा आफुले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने र अन्य क्षेत्रसंग हातेमालो गराउन पहल गर्ने बचन दिए ।

रानीकोट घुम्न आउँदा असाध्यै रमाइलो लागेको र दैलेखमा पनि त्यसको सिको गर्ने आठबीस नगरपालिका राकम कर्णाली दैलेखका मेयर तर्कबहादुर बडुवाले बताए । काम विशेषले राजधानी आएका बेला चर्चित पर्यटकीय स्थल रानीकोट घुम्न आएको उनको भनाइ छ । हो सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाइन्छ ।

नेपालले पनि उक्त दिन विविध कार्यक्रम गरी दिवस मनाउछ । सोही दिन नेपालले विशेष कार्यक्रम यसठाउँमा आयोजना गरेर पर्यटन दिवस मनाउने हो भने ‘नेपालको टुरिज्म’ मा थप टेवा पुग्ने जानकार बताउँछन् । अतिथि देवो भव अर्थात् पाहुना हाम्रा भगवान् हुन भन्ने मान्यतामा यहाँका स्थानीयको रहेको छ ।

पर्यटकलाई रानीकोटमा स्वागत गर्न पाउँदा गर्वको अनुभूति गरेको स्थानीयको भनाइ छ । कोरोनाका कारण दुई वर्ष पर्यटन क्षेत्र ठप्प रहन पुगेको थियो । जसका कारण २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने नेपालको योजना सफल हुन सकेन । तर पछिल्लो समय विस्तारै यस क्षेत्रले मुहार फेर्न थालेको छ ।

यहाँबाट पर्यटकीय सौनदर्यले भरिपूर्ण अधिकाँश क्षेत्र हेर्न सकिन्छ । सेताम्य उच्च र ठूला हिमश्रृंखला यहाँबाट आखै अगाडि देख्न सकिने भएकाले पनि पर्यटक यहाँ आउने गरेका हुन । हिमश्रृंखलाहरू मात्रै होइन, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय ठाउँले पनि यस ठाउँको परिचय अझ उच्चो पारिदिएको छ ।

चर्चित मन्दिर बागभैरव र धार्मिक स्थलले भरिपूर्ण भएकाले पनि रानीकोटको पर्यटन अर्को आकर्षणको केन्द्र बनेर बसेको छ । यसलाई स्थानीय र संघिय सरकारले व्यवस्थित गर्न नसकेको पर्यटन व्यवसायी र स्थानीयको गुनासो छ ।

पदयात्रा र उच्च हिमालश्रृङ्खला हेर्न आउँने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको रानीकोटको थप विकास हुन जरुरी रहेकाे भिलेज हाइल्याण्ड रिर्साेटका संञ्चालक तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले बताए । यसकालागि स्थानीय सरकार अविभावक बनेर गएमा रानीकोटले नै पर्यटनमा कल्पना बाहिरको टेवा दिने निश्चित छ । वरीपरि जंगलले घेरिएको, पातलो बस्ती र चारैतीर पर्वतका दृश्यले घेरिएको रानीकोट घुम्न आउने जो कोहीको मनमा अमिट छाप छोडेर जान्छ ।