भर्खरै : Sorry, your browser does not support inline SVG.

तीस दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको अनुरोध

तीस दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको अनुरोध

काठमाडौं । संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्‍चालन गर्नुपर्ने भएको छ।

महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएकाले यस्तो गरेको हो ।

महानगरले ३० दिनभित्र व्यवसाय दर्ता गर्न आग्रह गरेको हो । नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिने महानगरले जनाएको छ । अनुगमनका क्रममा महानगरमा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने जनाएको छ।

व्यवसाय बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.