भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नौगाड गाउँपालिका दार्चुलामा कार्यकर्तामुखी बजेट वितरण

नौगाड गाउँपालिका दार्चुलामा कार्यकर्तामुखी बजेट वितरण

दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा कार्यकर्तामुखी बजेट वितरण भएको नगरवासीले गुनासो गरेका छन् । ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिकाका एक र दुई नम्बर वडालाई राजनैतिक प्रतिशोधका कारण व्यवहार गरिएको र त्यसरी नै बजेट छुट्याएको वडावासीको गुनासो छ ।

प्रदेशबाट आएको तटबन्धनको बजेटमा समेत उपभोक्ता समिति अध्यक्ष नौगाडको नभएर सैलेशिखर नगरपालिकाको आफन्त पर्ने मान्छेलाई बनाएको उनीहरुको दावी छ । मौरिपालनका लागि अन्य वडामा बजेट छुटाएको तर एक र दुई वडालाई बजेट नदिएको गुनासो गरेका छन् ।

गाउँपालिकामा यसरी मनपरी तरिकाले बजेट वितरण भएको भन्दै स्थानीयले विरोध जनाएको नरेन्द्र ठगुन्नाले बताए । यस विषयमा गाउँपालिका प्रवक्ता राजेन्द्र बोहरालाई बुझ्न खोज्दा उनको सम्पर्क नम्वरमा कल गर्दा उठेन ।

नौगाडका अधिकांश योजना वितरणमुखी र कार्यकर्तामुखी रहेको स्थानीयको गुनासो छ । तर गाउँपालिका अध्यक्ष दलजित सिंह धामीलाई बुझ्दा प्रदेशबाट आउने योजनाको गाउँपालिकालाई थाहै नभएर उपभोक्ता गठन गर्ने कहाँ कसरी योजना वितरण भयो आफुलाई थाहा नभएको बताए ।

माहुरीको आधुनिक घार वितरणमा भने जहाँ माहुरी धेरै हुन्छ त्यहाँ मात्रै वितरण गरेको र आगामी वर्षको बजेटमा अन्य वडालाई पनि योजना र बजेट दिने कैलाश खबरलाई बताए ।

 


Thali Mobile Pvt.Ltd.