भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्यटन प्रवर्द्धनका लागि छ दिने बुलेट राईड

पर्यटन प्रवर्द्धनका लागि छ दिने बुलेट राईड

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छ दिनको बुलेट राइडको आयोजना भएको छ ।

४५ वटा बुलेट बाईक समावेश सो राइड शुक्रबारदेखि बुधबारसम्म हुने आयोजकले जनाएको छ ।

सो राइड काठमाडौंदेखि सुरू भएर ढोरपाटन शिकार आरक्षसम्म सञ्चालन हुने छ ।

पहिलो दिन काठमाडौदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा,

पाचौं दिन पोखरामा रिफ्रेसमेन्ट र छैठौं दिन पोखरादेखि काठमाडौ आएर कार्यक्रम समाप्त हुनेछ ।

बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा तीन पर्यटकीय क्षेत्रको बुलेट राईड आयोजना गर्दै आएको छ ।

पछिल्ला वर्ष सो राइड भारतको सिक्किम ग्यान्टोक सम्म पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.