काठमाडौं । यस वर्षको बल्कबस्टर चलचित्रमा ‘म यस्तो गीत गाउँछु २’ उत्कृष्ट घोषित भएको छ ।
फिल्मबाट अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् भने अभिनेत्री पूजा शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।
सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् भने नायक पल शाह हाल तनहुँ कारागारमा रहेका छन् । सामाजिक विषयवस्तु उठानमा बनेको चलचित्र ‘चुरिफुरी’लाई पनि अवार्ड प्रदान गरिएको थियो ।
नव प्रतिभा बिधामा शिवका छोरा शक्ति श्रेष्ठले पनि अवार्ड हात पारेका छन् ।
