भर्खरै : Sorry, your browser does not support inline SVG.

पहाडी क्षेत्रमा पहिरोले यातायात बन्द

पहाडी क्षेत्रमा पहिरोले यातायात बन्द

नवलपरासी । शुक्रबार साँझदेखि परेको वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ।

नवलपरासी जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुर, स्याङ्जासम्म चल्ने दुईवटै सडक अवरुद्ध भएपछि सदरमुकामसँगको यातायात सम्बन्ध विच्छेद भएको बुलिङटार गाउँपालिकाका लोकप्रसाद रामदामले बताए ।

यातायात अवरुद्ध हुन पुगेपछि त्यस क्षेत्रमा खाद्यान्न, औषधिलगायतका अत्यावश्क सामग्रीको अभाव हुने बुलिङटार–२ का प्रेमबहादुर थापा मगरले जानकारी दिए । गैँडाकोट हुँदै कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, नरम, जौबारी, धौबादी हुँदै पाल्पा स्याङ्जासम्म चल्ने दुई वटा सडक

पहिरोले अवरुद्ध बनाएपछि बाटो सुचारु हुन समय लाग्ने बुलिङटार गाउँपालिकाका कुलबहादुर कुमालले बताउनुभयो। दलदले धौबादी सडकखण्डको विस्तार गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनी बेखबर भएपछि विगत तीन महिनादेखि सो बाटो मर्मत हुन नसकेको र पटक पटक मर्मतका लागि अनुरोध गरे पनि सो कम्पनीले बेवास्ता गरेको स्थानीयले बताए।

 


Thali Mobile Pvt.Ltd.