भर्खरै : Sorry, your browser does not support inline SVG.

पुस १० बाट फिल्म हल खोल्ने संघको निर्णय

पुस १० बाट फिल्म हल खोल्ने संघको निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि हल खोल्ने जनाएको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भन्दै गतवर्षको चैत्र ६ गतेदेखि नेपालमा सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो ।

लकडाउनपछि अन्य क्षेत्र खुला गरिए पनि फिल्म क्षेत्र भने खुला गरिएको छैन । सरकारले अझै पनि फिल्म क्षेत्र खुलाउनेबारे कुनै जानकारी दिएको छैन ।

चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले हरेक पटक हल खोल्नेबारे आश्वासन दिए पनि पहल नगरेपछि बाध्य भएर एकतर्फी हल खोल्ने निर्णय गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.