भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम बन्द हुने

पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम बन्द हुने

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका ४ फेदीखोलाको पृथ्वी राजमार्गमा खसेको पहिरो डोजरको सहायताले पन्छाइँदै । तनहुँ – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम बन्द हुने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्भर्ट र पर्खाल निर्माणलाई जोड दिइएको आयोजनाले जनाएको छ ।

मनसुन सक्रिय रहँदासम्म कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथमिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी बताए । उनका अनुसार पहिरो जान सक्ने ठाउँमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायतका कार्य भइरहेका छन् । अहिलेसम्म पूर्वी खण्डमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये झन्डै ५३ किलोमिटर सडकमा कालोपत्र भइसकेको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.