भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीले उद्घाटन गर्दै

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीले उद्घाटन गर्दै

पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षको अवसर पारेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्न लागेका हुन । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पोखरा महानगरले लिएको छ ।

प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन् भने कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबैलाई निर्देशन दिएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्यले भने, ‘विमानस्थल उद्घाटन समारोह पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउने छौँ, बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा आग्रह गरेका छौँ ।’

विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥याली निस्किने महानगरले जनाएको छ । विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने प्रमुख आचार्यले जानकारी दिए । त्यस्तै परिकल्पनाकार मध्यकै इञ्जिनीयर पदमबहादुर खत्री देश बाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरुलाई महानगरकोतर्फबाट नागरिक अभिनन्दन गरिने महानगरले जनाएको छ ।

विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा धन्यवाद दिदैविमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले बताए । विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको छ। निर्देशक गौतमले भने, ‘कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो । हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौँ ।’ नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमको भनाइ छ ।

मित्रराष्ट्र चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ । विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.