भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

प्रतिदिन १० हजारको पिसिआर जाँच हुन्छः स्वास्थ्यमन्त्री ढकाल

प्रतिदिन १० हजारको पिसिआर जाँच हुन्छः स्वास्थ्यमन्त्री ढकाल

२०७७ जेठ २६ सोमबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण रिर्पोट दिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले असार १५ बाट पिसिआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताए । उनले भने,‘ दिनदिनै सिमा कटेर आउने संख्या धेरै छ ।

हामीले असार १५ सम्म सातै प्रदेशमा ठूलामेसिन जडान गरी प्रत्येक दिन १० हजारको रिर्पोट दिने गरी तयारीमा लागेका छौँ ।’ उनले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबि गरे।भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/254567805989837/

 

सांसदहरुले कोरोना परीक्षण कम भएको, आरडिटीको गुणरीयतालगायतबारे प्रश्न उठाएका थिए । उनले आरडिटी परिक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको बताए ।