भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

संघ र प्रदेस सरकार प्रति कुमाख गाउँपालिका अध्यक्षकाे आक्राेष : धैर्यताको बाँध टुटे…

संघ र प्रदेस सरकार प्रति कुमाख गाउँपालिका अध्यक्षकाे आक्राेष : धैर्यताको बाँध टुटे…

२६ जेठ २०७७, सल्यान । कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले सरकारलाई चुनौती दिएकी छन् । परिक्षण गरेको १० दिन पुग्दा पनि कोरोनाको रिपोर्ट नआउनु लज्जास्पद भएको भन्दै सरकार प्रति आक्रोष व्यक्त गरेकी छन ।

भारतबाट आएका नागरिकहरुको स्वाव संकलगन गरी कोरोना परिक्षणका लागि सुर्खेत पठाएको रिपोर्ट समयमा नआएको उनको भनाई छ । सामाजिक संजालमा दुःख व्यक्त गरेकी गाउँपालिका अध्यक्ष बुढाले सल्यानबाट संघ तथा प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री तथा सांसद्हरू टेक बहादुर बस्नेत, प्रकाश ज्वाला र गुलावजंग शाहलाइ ट्याग गर्दै कुमाख गाउँपालिकाको वास्तविक्ता पोष्ट गरेकी हुन् ।

भारतका विभिन्न ठाउँबाट चैत्र ८ गते देखि हाल सम्म आएका पाँच सय अठतिस जना गाउँपालिकाले तयार पारेको क्वारेन्टिनमा वसिरहेको जनाएकी छन् । संघ र प्रदेश सरकारप्रति लक्षित गरेर लेखेकी छन्, बालबालिकालाई जस्तै ललिपप देखाएर जनतालाई संधै गुम्राहमा राख्ने धृष्टता नगर । जनताको धैर्यताको बाँध टुट्ने बाताबरण नबनाउन अनुरोध गर्दै अध्यक्ष बुढाले क्वारेन्टिमा वसेका नागरिकहरुलाई धन्यवाद दिएकी छन् ।

Dilmaya budha

 


Thali Mobile Pvt.Ltd.