भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रतिनिधिसभा बैठकद्वारा शोक प्रस्ताव सर्वसम्मतले पारित

प्रतिनिधिसभा बैठकद्वारा शोक प्रस्ताव सर्वसम्मतले पारित

काठमाडौँ । प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङको निधनमा बिहीबार अपराह्न ४ बजे बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताए । सभामा सांसदहरु भावुक मुद्रामा उपस्थित भएका थिए । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । ७१ वर्षको उमेर यही भदौ २६ गते हृदयघातबाट नेम्वाङको निधन भएको थियो ।

सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएसंगै सभामा स्वर्गीय सांसद नेम्वाङको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.