भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने तयारीमा छन् ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा छन् ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिखसम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुने भएकाले नेपालको तर्फबाट प्रधानमन्त्री जाने उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति कस्तो बन्छ त्यसमा भर पर्ने पनि सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुदैछ । पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.