भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरे

प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरे

भारत । प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भारतीय कांग्रेसले अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । सभाका अध्यक्ष ओम बिरलाले अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउन स्वीकृति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ । सन् २०१८ मा नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो ।

सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो । मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको जनाइका छन् ।

अविश्वासको प्रस्तावमाथिको छलफल र मतदानको मिति छलफलबाट टुङ्गो लाग्नेछ । प्रधानमन्त्री मोदीसँग बहुमत भएकाले अविश्वासको प्रस्ताव पास हुने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.