काठमाडौं । काठमाडौंलाई सुन्दर हराभरा र सुशासनयुक्त महानगर बनाउने प्रतिबद्धता जनाउँने राजनैतिक दलले यतिबेला यही एजेण्डा लिएर घरदैलो अभियानमा छन् ।
तर काठमाडौं उपत्यकाका मुख्य मुख्य ठाउँमा फोहोर थुप्रिएर डुङडुुङ्ती गन्हाउन थालेको छ । राजनीतिमा लाजनीति अँगालेका दलहरु र तीनका घोषणा पत्रले पनि गिज्याइरहेको भान यतिबेला भएको छ । १० दिनदेखि सडकपेटीमा थुप्रिएको फोहोरको दुर्गन्धले राजनीतिक नेतृत्वको प्रतिबद्धतामाथि चोटिलो व्यंग्य गरिरहेको छ ।
घोषणा पत्रममा सुन्दरता देख्ने दलहरुले यहाँको फोहोर देख्न सकिरहहेका छैनन् । कहिले पाउलान उपत्यकाबासीले फोहोरबाट मुक्ति चुनावताका काठमाडौंको फोहोरलाई मोहोर बनाउने हरेक पार्टीको पहिलो एजेण्डा नै यहाँको फोहोर बन्ने गर्छ ।
तर चुनाव जितेर गैसकेपछि विभिन्न बाहानामा त्यही फोहोरमाथि राजनीति गर्न सुुरुहुन्छ । फोहोर कुहिएर वरिपरिको वातावरण दुर्गन्धित हुँदाको पीडाले वाक्क बनिसकेका उपत्यकाबासी डँगुर हेरेरै बस्ने गरेका छन् ।
फोहोर उठ्न नसकेपछि स्थानीयले बाटैमा ल्याएर फोहोर थुपार्ने, स्थानीय, सवारीचालक र पैदलयात्री प्रत्यक्ष प्रभावित हुने, सडकमा फोहोरको डुंगुर थुपार्ने स्थानीय र फोहोर उठान ध्यान नदिने जनप्रतिनिधि समान दोषी छन् ।
कति हुन्छ फोहोर
काठमाडौं महानगरमा एकै दिन १२ सय टन सम्म फोहोर उत्पादन हुन्छ । यो फोहोर महानगर र निजी कम्पनीका २ सय बढी टिपर र ट्रकबाट सिसडोल लैजाने गरिन्छ ।
विगत १० दिनदेखि फोहोर नउठ्दा अहिले उपत्यकामा १० हजार टन बढी फोहोर थुप्रिएको महानगरले जनाएको छ । फोहोर नउठ्दा फोहोरबाट निस्किएको दुर्गन्धले महामारी फैलिने त्रासमाम स्थानीय छन् ।
त्यसैले फोहोरमा राजनीति गर्ने दलहरु र थुपार्न बानी परेका स्थानीयले फोहोर व्यवस्थापनमा पहिहलो प्राथमिक्ता दिएर समस्याको शीघ्र समाधान गर्न जरुरी छ ।
