भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

फ्लाई दुबईको विमान सफल अवतरण

फ्लाई दुबईको विमान सफल अवतरण

काठमाडौं । फ्लाई दुबईको विमानले सफल अवतरण गरेको छ । काठमाडौंबाट दुबईका लागि उडेको विमानमा उडानलगत्तै चरा ठोक्किएपछि समस्यामा परेको विमान गन्तव्यमा पुगेर सफल अवतरण गरेको हो । फ्लाई दुबईले भन्यो– जहाजमा चरा ठोक्किएपछि समस्या आएको हो तर, फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोक्किएकाले समस्या आएको बताएका थिए ।

फ्लाई दुबईले विमानमा देखिएको समस्या समाधान भएर सुरक्षित र सामान्य रूपमा गन्तव्यतर्फ लागेको बताएको छ ।काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भएको केही समयमै चरा ठोक्किएको थियो । विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ भइरहेको छ,” फ्लाई दुबईका प्रवक्ताले भनेका छन् ।

आकाशमा उडिरहेको विमानमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास छाएको थियो । सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो । अवतरण नभएरै विमान आफ्नो गन्तव्यतर्फ लागेको थियो । काठमाडौंस्थित विमानस्थलका अधिकारीहरूले विमानको इन्जिनमा समस्या देखिएको बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.