भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फ्लाई दुबईको विमान सफल अवतरण

फ्लाई दुबईको विमान सफल अवतरण

काठमाडौं । फ्लाई दुबईको विमानले सफल अवतरण गरेको छ । काठमाडौंबाट दुबईका लागि उडेको विमानमा उडानलगत्तै चरा ठोक्किएपछि समस्यामा परेको विमान गन्तव्यमा पुगेर सफल अवतरण गरेको हो । फ्लाई दुबईले भन्यो– जहाजमा चरा ठोक्किएपछि समस्या आएको हो तर, फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोक्किएकाले समस्या आएको बताएका थिए ।

फ्लाई दुबईले विमानमा देखिएको समस्या समाधान भएर सुरक्षित र सामान्य रूपमा गन्तव्यतर्फ लागेको बताएको छ ।काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भएको केही समयमै चरा ठोक्किएको थियो । विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ भइरहेको छ,” फ्लाई दुबईका प्रवक्ताले भनेका छन् ।

आकाशमा उडिरहेको विमानमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास छाएको थियो । सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो । अवतरण नभएरै विमान आफ्नो गन्तव्यतर्फ लागेको थियो । काठमाडौंस्थित विमानस्थलका अधिकारीहरूले विमानको इन्जिनमा समस्या देखिएको बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.