भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

भक्तपुर, । भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा ७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन् । आज मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीय रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

दुवै साधन एकापसमा ठोक्किए दुर्घटना हुँदा स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका–५ घर भई हाल काठमाडौँ जडीबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगरको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रतक्ष्यदर्शी बलराम श्रेष्ठले तीव्र गतिमा आएको बसले ठक्कर दिएर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको र टाउकोमा ठूलो क्षति पुगेको बताउनुभयो ।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी प्रहरीले दुवै सवारी साधन र बस चालक काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.