भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगोठ जलेर नष्ट, १७ लाख रुपैयाँभन्दा बढीको क्षति

बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगोठ जलेर नष्ट, १७ लाख रुपैयाँभन्दा बढीको क्षति

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा हिजो आगलागी हुँदा ११ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागीबाट जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति पुगेको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । दिउँसो १२ बजेदेखि सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.