भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

बिहीबारदेखि मौसममा सुधार हुने

बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौँ, । पछिल्ला केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी बिहीबारदेखि क्रमिकरुपमा सुधार हुने भएको छ ।सो प्रणाली बिहीबारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् शविना शाक्यले जानकारी दिए । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । मङ्गलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.