भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बुढाझाल विसाला पहिरोले स्थानीयकाे विचल्ली

बुढाझाल विसाला पहिरोले स्थानीयकाे विचल्ली

२ साउन २०७७ रेशमा विक दैलेख । आठबीस नगरपालिका वडा नं. ८ बुढाझाल बिसाला पहिरोले तीन घरमा बसोवास गर्ने मानिसको विचल्ली बनाएको छ । पहिरोमा परेर आइते विक, रंग विक र हिँउकला विक,  तुला विक घर छोडेर आफन्त बीना विकको घरमा बस्न बाध्य भएका छन् ।

आठबीस नगरपालिकाको राकम हुँदै दैलेख सदरमुकाम जोडिने प्रशासनिक मार्गले गर्दा ठाउँ ठाउँमा पहिरोको जोखिम बढेको छ । तीन वर्षयता प्रत्येक बर्खाको समयमा यो वस्तीमा त्रास छाउने गरेको छ । घरको माथिबाट आएको पहिरोले कतिबेला मृत्युवरण खेप्नु पर्ने हो थाह छैन भन्दै उनीहरुले यस वर्ष झन दुःख भोग्नु परेको बताएका छन् ।

  दलित समुदायको बाक्लो बसोबास रहेको उक्त बस्तीमा पहिरो पसेपछि विचल्ली बनाएको त छ नै, पहिरोले लगाएको बालीसमेतमा क्षेती पु¥याएपछि खानकै समस्या झेल्नु परेको छ । अव्यवस्थित तरिकाले रोड खन्ने चलनले गर्दा र जथाभावि डोजर चलाउदा अधिकांश ठाउँमा पहिरो गएको छ ।

पहिरोले तीनवटा घर बस्न नमिल्ने भएपछि अन्य आफन्तकोमा गएर बस्न बाध्य भएका हुन् । परिरोको जोखिम बढेपछि वस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानीय प्रशासनको चाँसो नगएको स्थानीयले बताएका छन् । आफन्तकोमा बस्न मिल्ने परिवारले आफन्तकोमा बस्लान तर आफन्त नहुने कहाँ गएर बस्ने ? विकल्प छैन भन्छन् उनीहरु ।

भिरलो जमीन र कच्चा माटो त्यहिमाथि रोड खनेका कारण प्रत्येक वर्षातमा उनीहरूलाई पहिरोले झस्काइरहेको छ । साँघुरो घरमा बल्लबल्ल अटाएका परिवार त्यहीमाथि जोखिममा परेका आफन्तको परिवारलाई समेत आश्रय दिनुपर्दा सुत्न समेत समस्या हुने गरेको आफन्तले बताए ।

माथिबाट माटो धसिएर करेसामा पुगेको छ । पानी बगेर भित्र खुट्टा टेक्न नमिल्ने भएको छ । त्यस्तै हिक्मत शाहीको घर पनि पहिरोको जोखिममा परेको छ । घर नै जोखिममा परेपछि सम्वन्धित निकायलाई बारमबार भन्दा समेत सुनुवाई नभएको शाहीले गुनासो गरे । सर्जमिन मुचुल्का बनाई १५ दिन अघि नगरपालिकामा पठाईएको तर सुनुवाइ नभएको उनको भनाई छ ।

Pahiroसडक निर्माणको ठेक्का पाएको ठेकेदारलाई समेत जानकारी दिदादिदै पनि वास्ता नगरेको र पहिरोमा घर नै बग्ने अवस्थामा पुगेको शाहीले बताए । परिरोले क्षेती कति पु¥याएको छ जनप्रतिनिधि र प्रहरी खटाएर विवरण संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.