भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

संकटको घडीमा विद्यार्थी भेला गरेर संक्रमण फैलाउनु भन्दा विद्युतीय माध्यमलाई जोड देऊ : भनपा

संकटको घडीमा विद्यार्थी भेला गरेर संक्रमण फैलाउनु भन्दा विद्युतीय माध्यमलाई जोड देऊ : भनपा

२ साउन २०७७ भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्भावित जोखिमलाई ध्यानमा राखी विद्युतीय माध्यमलाई जोड दिन सूझाव दिएका छन् । नेपाल सरकारले गरेको लकडाउनको पालना गर्नु सबैको साझा दायित्व भएको भन्दै उनले एनप्याब्सन र प्याब्सनलाई निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा ध्यानाकर्षण भएको बताए ।

एनप्याब्सन र प्याब्सनका प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दा यस्तो सूझाव दिएका हुन । सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै गएको बताउँदै समाजलाई कोरोना संक्रमण फैलनबाट कसरी जोगाउने भन्ने विषयमा चिन्त गर्न आग्रह गरे ।

नगरपालिकाले गम्भीरतापूर्वक आवश्यक सतर्कता अपनाएको भन्दै संकटको घडीमा कक्षामा विद्यार्थी भेला गरेर पढाउन भन्दा विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देन दिए । जोखिमलाई ध्यान राखेर नगरले गरेको गतिविधिमा ध्यान दिन र भक्तपुर नपाले नजिकिंदै गरेको घण्टाकर्ण, गुँला पर्व, गाईजात्रालगायतका पर्वहरुलाई औपचारिकतामामात्र सीमित गर्न नगरबासीहरुमाझ अनुरोध गरेको जानकारी दिए ।

सस्थागत विद्यालय संघले हस्तान्तरण गरेको ध्यानाकर्षण पत्रमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तकलगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण निर्माण गरिदिन, विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर—बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन, क्वारेनटिनका लागि प्रयोग भएका विद्यालयहरुको स्थानान्तरणलगायतका माग राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.