भर्खरै : Sorry, your browser does not support inline SVG.

बुहारीलाई बेल्टै बेल्टले निर्घात कुटी यातना दिने ससुरा अछामको भएको खुलासा

बुहारीलाई बेल्टै बेल्टले निर्घात कुटी यातना दिने ससुरा अछामको भएको खुलासा

२३ असार २०७७ काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकमा एक युवतीलाई ढाडमा बाँध्ने बेल्टले नराम्ररी पिटिरहेको भिडियो भाइरल भैरहेको थियो । निर्घात कुटपिट गरिरहेको भिडियोमा युवतीले चिच्या चिच्याइ रोइरहेको र गुहार मागिरहेको देखिन्थ्यो । उक्त महिला हिंसाको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजतलास ग¥यो ।

सो भिडियो अछाम जिल्लाको रहेको र महिलामाथि कुटपिट गर्ने व्यक्ति ससुरा भएको खुल्न आएको छ । मंगलबार नेपाल प्रहरीले घटनाबारे अनुसन्धान थालेर पत्ता लगायो । जिल्ला प्रहरी कार्यालय अछामले छानबिन अगाडि बढाइएको छ । प्रहरीको अनुसन्धानमा उक्त घटनामा संलग्न परिवार हाल भारतमा बसोबास गरिरहेको खुलेको छ । मानिस अछामको भएको र घटना अछाममा नभई भारतको महाराष्ट्रमा घटेको खुल्न आएको हो ।

 


Thali Mobile Pvt.Ltd.