बैतडी। हावाहुरीले बैतडीका दुई विद्यालयमा क्षति पुर्याएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ स्थित जवलपुर मावि सैलोडा र शिवनाथ गाँउपालिका–६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयमा हावाहुरीले क्षति गरेको हो।
हावाहुरीका कारण दुवै विद्यालयमा १० लाखभन्दा बढीको क्षति भएको जनाएको छ। जवलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताए। आधारभूत तहका कक्षा ३ र ४ का विद्यार्थी बस्ने भवनमा हावाहुरीले क्षति पुर्याएपछि पठनपाठनमा समस्या भएको छ।
यस्तै शिवनाथ गाँउपालिका–६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयको छानो पनि हावाले उडाएको छ। हावाहुरीका कारण जस्तापाताले छाएको छानो उडाउँदा करिब २ लाख बराबरको क्षति भएको प्रधानाध्यापक चन्दले बताए । हावापुरीले अन्य दुई कोठामा पनि समान्य क्षति पुर्याएको उनले जानकारी दिए।