भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बोकाचो गढी उद्घटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण

बोकाचो गढी उद्घटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण

भक्तपुर । बोकाचो गढीमा रहेको पुथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । सुर्यविनायक नगरपालिका वडा–८ सिपाडोल नैचालस्थित ऐतिहासिक बोकाचो गढीमा निर्माण भएको पृथ्वीनारायण शाहको शालिक शुक्रबार अनावरण गरिएको हो ।बोकाचो गढी उद्घटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण

बागमती प्रदेशका सांसद किरण थापा र नेपाली सेनाका उपत्यका पृतनापति उपरथी सागर बहादुर थापाले संयुक्त रूपमा गढीमा निर्माण गरिएको शालिक अनावरण गरेका हुन । गढीमा निर्माण गरिएका संरचनाहरु समेत सञ्चालनमा आएका छन् ।बोकाचो गढी उद्घटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण

बोकाचो गढीको उद्घाटनसंगै पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न पाउँदा आफूलाई खुशी लागेको बागमती प्रदेशसभा सदस्य किरण थापाले बताउनुभयो । उहाँले उद्घाटनको अवसर दियकोमा इन्द्र बक्स गण सुर्यबिनायकलाई समेत धन्यवाद दिनुभयो ।बोकाचो गढी उद्घटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण

बोकाचो गढीँमा वडाले सडक पुर्याए पछि नेपाली सेनाले टावर बनाइदिएको छ । सेनाले टावर बनाइदिएपछि उपत्यकाको मनोरम दृश्य छर्लङ्ग देखिँदा बोकाचो गढीमा आन्तरिक पर्यटकको आगमन बढेको छ।बोकाचो गढी उद्घटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण

 


Thali Mobile Pvt.Ltd.