भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

‘ब्रिटेन्स गट ट्यालेन्ट’मा ८ वर्षिया विनिता क्षेत्रीले दिइन् सानदार प्रस्तुति

‘ब्रिटेन्स गट ट्यालेन्ट’मा ८ वर्षिया विनिता क्षेत्रीले दिइन् सानदार प्रस्तुति

काठमाडौं । ८ वर्षिया नेपालीभाषी बालिका विनिता क्षेत्रीले बेलायती रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा सानदार प्रस्तुति दिएकी छन् । शनिबार बेलुका प्रसारित शोमा उनले दिएको नृत्य प्रस्तुतिको यतिबेला चर्चा भैरहेको छ ।उनको प्रस्तुतिमा चारैजना निर्णायकसँग प्रशंसामा शब्द थिएन । चारैजना निर्णायक उभिएर विनिताको सम्मानमा ‘स्ट्यान्डिङ ओभेसन’ समेत दिएका थिए ।

उनले कन्टेम्पोररी र एक्रोब्याटिक शैलीमा नृत्य प्रस्तुति दिएकी थिइन् । लचकदार शरिरमार्फत उनले जसरी प्रस्तुति दिइन्, प्रस्तुतिमा चारै जजले मुक्तकण्ठले प्रशंसा गरे ।‘अमेजिङ पर्फमेन्स’ जजहरूले भनेका छन्, ‘हामीले यसअघि यस्तो डान्स कहिल्यै देखेका थिएनौं । हामी यसमा गर्व गर्छौं । तिमीले राम्रो गर्‍यौ ।’ पपस्टार केटी पेरीको हिट गीत ‘रोअर’मा उनले सानदार प्रस्तुति दिएकी हुन् ।

‘ब्रिटेन्स गट ट्यालेन्ट मेरो सपनाको मंच हो र म जित्न चाहन्छु’ प्रस्तुति दिनुअघि शोमा आउनुको कारणबारे जजहरूले उनलाई सोधेका प्रश्नमा उनको जवाफ थियो, ‘यो जितेपछि म प्रिन्स र प्रिन्सेस बस्ने घर किन्न चाहन्छु ।’ उनको यो बालसुलभ जवाफलाई समेत निकै रुचाइयो ।भारतको पूर्वोत्तर आसामकी विनिता बुवासँग कार्यक्रममा पुगेकी थिइन् । उनको प्रस्तुतिको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.