भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

भक्तपुरमा झुलुङगे पुलमुनि एक युवक मृत अवस्थामा फेला

भक्तपुरमा झुलुङगे पुलमुनि एक युवक मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरको साँगाको पुल नजिकै एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालीका वडा नं. १० चित्तापोलस्थित झोलुङगे पुल तलको भित्री सडकखण्डमा शुक्रबार एक जना मृत अवस्थामा फेला परेका हुन ।

जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई घटनास्थलमा लासजाँच मुचुल्का कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । जाँचकै क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत रहेको भक्तपुर प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं ३ घर भई हाल काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ नयाँबस्ती सागाँ बस्ने बर्ष २३ को सैलेश भारती रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.