भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भक्तपुरमा दइ संक्रमित मध्य पुरुष सशस्त्र प्रहरी रहेको खुलासा (भिडियाे)

भक्तपुरमा दइ संक्रमित मध्य पुरुष सशस्त्र प्रहरी रहेको खुलासा (भिडियाे)

३१ वैशाख २०७७ भक्तपुर । भक्तपुरमा दुई जना कोरोना संक्रमित मध्ये पुरुष सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टीमका सदस्य रहेको बुझिएको छ । उनको ट्राभल हिस्ट्री लिने काम जारी रहेको प्रहरीको भनाई छ ।

मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी २५ वर्षिया महिला लकडाउनका बेला सुनसरीबाट भक्तपुर आएकी बुझिएको छ । अहिले दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन ।

नाम समेत सार्वजनीक गरेर केही मानिसले सामाजिक संजालमा पाेष्ट गरेकाे कुरा गलत रहेकाे भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानले बताए । उनले काेराेना संक्रमण फैलन नदिन सतर्क रहन आग्रह गरेका छन् ।

लकडाउनमा नागरिक सचेतता खाेइ ?
दुई जनासंक्रमित भएसंगै नागरिकहरु बाहिर घुमिरहेका दृश्यहरू पनि देखिएका छन् । नगरपालिका र प्रहरीले आवत जावतमा रोक लगाएपनि स्थानीय नागरिक भने बलमिच्याई गरिरहेका दृश्यहरु देख्न पाईन्छ ।

भिडियाे …जिम्मेवार काे ?

यदि नागरिक सचेत भएनन् भने भक्तपुरमा झन भयावह स्थिति आउने निश्चित छ । केहि दिन अघि मात्रै एम्वुलेन्स रिर्जभ गरेर सुन्सरीबाट भक्तपुर आएको थियो । रातीको समयमा आएको एम्वुलेन्स राती नै फर्किएको थियो ।

 


Thali Mobile Pvt.Ltd.