भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भक्तपुर क्षेत्र नं. २ मा दुर्लव थापा, महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने, देश बचाउन उम्मेदवारी दिएको नेमकिपाका अनुराधाको दावी

भक्तपुर क्षेत्र नं. २ मा दुर्लव थापा, महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने, देश बचाउन उम्मेदवारी दिएको नेमकिपाका अनुराधाको दावी

काठमाडौं । सबैभन्दा बढी मतदाता रहेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

अघिल्लो पटक यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । उनले यसपटक पनि उम्मेद्वारी दिएका छन् । एमाले पोलिटब्युरो सदस्य समेत रहेका उनले आफ्नो विजयी निश्चित हुने दावी गरे ।

आफ्नो प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दुर्लभ थापा भएपनि अन्तमा अधिक मतान्तरले आफु विजयी हुने जिकिर गरे । यता नेपाली काँग्रेसका प्रवावशाली नेता दुर्लव थापाले उम्मेदवारी दर्ता गर्दै आफ्नो प्रतिस्पर्धी कोही नभएको दावी गरे ।

ओली अधिनायकवादका विरुद्ध पाँचदलीय गठबन्धनबाट आफुले उम्मेदवारी दिएको भन्दै उनले ओली अधिनायकवादलाई बचाउन बस्नेत उम्मेदवार बनेको बताए । संविधानको रक्षा गर्न बस्नेतलाई जनताले पाखालगाएरै छाड्ने बताए ।

एमालेका गतिविधि देशघाति भएकाले गठबन्धनका साझा उम्मेदवारले जित्नै पर्ने बेला आएको बताए ।

यता नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा अनुराधा थापामगरले उम्मेदवारी दिएकी छन् ।
नामधारी कम्युनिष्ट र व्यक्तिस्वार्थका लागि गरिएको गठबन्धनका नाममा राष्ट्रघातिले जिते देश नै नरहने भन्दै एक सच्चा राष्ट्रभक्त भएकाले यो चुनाव जनताको सेवाका लागि उपयोग गर्ने बताइन् ।

प्रत्यक्ष र समानुपातिकका आफ्ना उम्मेदवारलाई जिताउनु पर्ने भन्दै जनताका पक्षमा कानुन बनाउन र जनताका अधिकारका लागि संसदलाई थलो बनाउने बताइन् ।
जनताले राजनैतिक सचेत भएर भोट हाल्नु पर्ने भन्दै देशभक्त पार्टी नेमकिपा भएकाले यसपालीको मत मादलमा हालेर देश लुटेराहरुलाई हराउनु पर्ने बताइन् ।

निर्वाचन आचारसंहिता नेमकिपाले मात्र पालना गरिरहेको भन्दै युवालाई कृषिमा आत्मनिर्भर र युवालाई नेपालमै रोजगारी दिलाउन पनि नेमकिपाले जित्नैपर्ने बेला आएको बताइन् ।
सदन र सडकमा जनताको पक्षमा निश्वार्थ लडिरहेको पार्टी नेमकिपा भएको भन्दै देशलाई संकटमा पार्ने राष्ट्रघातीलाई हराउनु पर्ने बताइन् ।

एमसीसी, एसपीपी र नागरिकता विधेयक पास गरेर देश बेच्नेहरुलाई यसपाली हराउनैपर्ने बेला आइसकेको दावी गरिन् ।

हो यसपटक यस क्षेत्रको चुनावी भिडन्त रोमाञ्चक हुने देखिएको छ । जित्नेलाई भन्दा पनि जिताउनु पर्नेलाई नै जिताउनु पर्ने राजनीतिक विश्लेषकहरु बताएका छन् ।

यस क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसका नेता बिष्णुराज कार्कीले प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएका छन् भने उक्त क्षेत्रमा नेकपा (एमाले) का नेता एवं निवर्तमान वडाध्यक्ष किरण थापामगर मैदानमा उत्रिएका छन् ।

काँग्रेसका उम्मेदवार कार्की र एमालेका उम्मेदवार थापामगर दुबैले गत स्थानीय चुनावमा मेयरका लागि दावी गरेका थिए । मेयरको टिकट नदिएर उनीहरुलाई प्रदेश सभामा आमनेसामने गराएकोले पनि अझ रोमाञ्चक बन्ने देखिएको छ ।

त्यस्तै प्रदेश ‘ख’ मध्यपुर थिमि नगर क्षेत्रमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई परास्त गर्न एमालेबाट चन्दन कृष्ण श्रेष्ठ चुनावी मैदानमा होमिएका छन् ।

नेमकिपाको तर्फबाट प्रदेश सभा ‘क’ का लागि सूर्यविनायक नगर क्षेत्रमा केन्द्रीय सदस्य सरोजराज गोसाईले उम्मेद्वारी दर्ता गराएका छन् ।एमसीसी र एसपीपी पारित गरेर देश बेच्न गठबन्धन गरेकाहरुलाई जनताले चिन्नु पर्ने बेला आएको बताए । विदेशीका मतियारहरुलाई यसपाली सचेत जनताले हराउनु पर्नेबेला आएको उनको भनाइ छ ।

‘ख’ मध्यपुर थिमि क्षेत्रमा भने नेमकिपाले रमेश वैद्यलाई उम्मेदवार बनाएको छ । कृषि प्राविधिक भएकाले किसानको पक्षमा काम गर्ने बताउदै उनले उम्मेदवारी दर्ता गराएको बताए ।

प्रतिनिधि सभामा २६ उम्मेद्वारी दर्ता भएको बुझिएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख दुबै क्षेत्रमा १४ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बहादुर बिसीले जानकारी दिए ।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको समेत आकर्षण देखिएको छ । उनीहरुले अहिले जताततै स्वतन्त्रको लहर चलेको र ठूला शासक दलहरुले देश नै बेच्ने अवस्था ल्याएकोले स्वतन्त्रबाट उम्मेदवारी दिनु परेको उम्मेदवारहरुले जिकिर गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…