भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भागबन्डा नमिलेपछि अलमल सत्ता गठबन्धन

भागबन्डा नमिलेपछि अलमल सत्ता गठबन्धन

काठमाडौं । मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा दलहरूले आआफ्ना दाबी यथावत् राखेपछि सकस भएको हो । जसकारण न्यूनतम सहमतिको साझा कार्यक्रम पनि आउन सकेको छैन ।

कांग्रेसका नेताले आठ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीन मन्त्रालयको दाबी पेस गरेका छन् । त्यसपछि अन्य दलले पनि दाबी पेस गरे । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको छलफलमा पनि एकीकृत समाजवादीले तीन मन्त्रालय मागेको थियो ।

दाहालले दुई मन्त्रालय र एक राज्यमन्त्री लिन प्रस्ताव गरे । रास्वपाले तीन मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्रीले भने दुइटा लिन प्रस्ताव गरे । जसपाले पनि तीन मन्त्रालयमा दाबी पेस गरेको छ। दाहालले आफूलाई विश्वासको मत दिएका जनमोर्चाबाहेक दललाई सरकारमा सहभागी गराउन खोजेका छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेतासँग बेग्लाबेल्लै छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्रीसहित ८, माओवादीलाई ४ मन्त्रालय, जसपा र नेकपा एसलाई २, २ मन्त्रालय र १ राज्यमन्त्री दिने गरी खाका तयार गरेका छन् । यीबाहेक लोसपा, जनमत, नागरिक उन्मुक्तिलाई १, १ मन्त्रालय दिएर सरकारमा सहभागिता गराउने प्रयत्न दाहालले गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.