२९ बैशाख २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपालले भारतीय सिमानामा काँडेतार लगाउनु पर्छ भनेसंगै त्यसलाई समर्थन जनाउँनेको लर्को लागेको छ ।
नेकपा स्थायी कमिटी सदस्य तथा पाँच न. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खुला सीमाकै कारण कोरोना संक्रमण बढेकोले भारतसँग सधैँ बाझेर नसकिँने भन्दै सीमामा पर्खाल र काँडेतार लगानु पर्ने बताएका छन् ।
पोखरेलले भन्सारबिन्दुबाहेक अन्यत्र आउजाउ रोक्न जोड दिएका छन् । सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भए पनि नेपाल–भारत सिमानामा तारवार गर्नु पर्ने उनको भनाई छ ।
भारतसँग वार्तागर्दा यसलाई प्रमुखताका साथ उठाउनुपर्ने माग गर्दै पोखरेलले दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद दिएका छन् ।