भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुने २२ हजार ३०० भन्दा बढी

भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुने २२ हजार ३०० भन्दा बढी

अनकारा । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी रहेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण समेत गरेका छन् ।

अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् । दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। तर, अहिले यसमा बाँच्ने आशा घट्दै गएको छ । यद्यपि केही चमत्कारहरू पनि भइरहेका छन्। उदाहरणका लागि, टर्कीको दक्षिणी हाते प्रान्तमा एउटा पाँच तले भवनमा पुरिएका छ जना मानिसलाई जिउँदै बाहिर निकालिएको छ।

सिरियामा भूकम्पपीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ । तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छ । सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ। विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.