भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, समाज सेवामा सदैव अग्रसर रहन आग्रह

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, समाज सेवामा सदैव अग्रसर रहन आग्रह

तनहँ । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन(२०७९ चैत्र १० गते तनहुँको खैरेनीटारस्थित नं.३ बाहिनी अड्‍डामा तनहुँ, गोरखा र लमजुङ्ग जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा सम्पन्न भएको हो । सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरुलाई सैनिक जीवनका दौरान प्राप्त ज्ञान तथा सीपको सदुपयोगद्वारा आ–आफ्नो क्षेत्रबाट समाज सेवामा सदैव अग्रसर रहन र स्वावलम्वी एवं भरोसादार नागरिकको रुपमा स्थापित हुन सल्लाह दिए ।भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, समाज सेवामा सदैव अग्रसर रहन आग्रह

उनले समाजको स्तर अभिवृद्धि गर्न जति धेरै योगदान पुर्‍याइन्छ त्यति नै छिटो र प्रभावकारी तवरबाट समस्त नेपाली जनताको समग्र स्तर अभिवृद्धि हुँदै जाने बताउँदै अवकाश प्राप्त सैनिक व्यक्तिबाट गरिने सानो परिश्रम तथा स(साना कोसिसले समष्टिगत रुपमा ठूलो रुप लिदै नेपाली जनताको उज्ज्वल भविष्य प्राप्तिको लागि महत्त्वपूर्ण योगदान पुग्ने तर्क गरे ।भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, समाज सेवामा सदैव अग्रसर रहन आग्रह

सम्मेलनमा लमजुङ्ग जिल्ला निवासी ८७ (सतासी) वर्षका सिपाही कृष्ण बहादुर रावल अ.प्रा. र स्वर्गीय सुवेदार थिर बहादुर खत्री अ.प्रा.को श्रीमती गोरखा जिल्ला निवासी ९४ (चौरानब्बे) वर्षकी एकल महिला श्रीमती दीर्घ कुमारी खत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमीर व्यवसायीहरु दुई जनालाई प्रशंसा(पत्र एवं पुरस्कार वितरण गरिएको थियो । चार वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ६ (छ) जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त १० (दश) जनालाई व्हिल चेयर तथा बैसाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक समेत वितरण गरिएको थियो ।

सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथी तथा अधिकृतहरु, जिल्ला समन्वय प्रमुख लगायत जनप्रतिनिधिहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा), कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उपरथी राम बहादुर गुरुङ्ग (अ.प्रा) र उपरथी देवेन्द्र बहादुर मेधासी (अ.प्रा), जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनकै अवसरमा चैत्र (९ र १) गते सैनिक मेडिकल टिमद्वारा सम्मेलन स्थलमा दुई दिने स्वास्थ्य शिविर संचालन गरि विभिन्न प्रकारका स्वास्थ्योपचार सेवा समेत प्रदान गरिएको थियो । चैत्र २० गते महोत्तरी जिल्लाको बर्दिवासस्थित श्री मध्य पूर्वी पृतना हेक्वा। र चैत्र २१ गते सिन्धुलीस्थित श्री बर्द बहादुर गणमा भूतपूर्व सैनिक सम्मेलन संचालन गर्ने योजना रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.