मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गारउँ प्रधानमन्त्री दाहाललाई जनमतले बुझायो ज्ञापनपत्र

मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गारउँ प्रधानमन्त्री दाहाललाई जनमतले बुझायो ज्ञापनपत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनमत पार्टीले ज्ञापनपत्र बुझाएको छ । मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै शनिबार जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको बताए । ट्याङ्करबाट भएपनि जनतालाई खानेपानीको व्यवस्था गरिने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने प्रधानमन्त्रीले बताए ।

ज्ञापनपत्रमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दिनुपर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्ने, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने माग उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.