भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्री र सीडीओलाई विपद् सम्बन्धी तालिम

मन्त्री र सीडीओलाई विपद् सम्बन्धी तालिम

काठमाडौं । मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायतलाई विपद् सम्बन्धी सामान्य तालिम आवश्यक भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको समापन गर्दै गृहमन्त्री खाँणले यस्तो धारणा राखेका हुन् ।

दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरुलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले अर्को पटकको तालिममा महिला प्रशिक्षार्थी पनि सहभागी गराउन सुझाव दिए ।

उनले सडक, भवन लगायतका संरचना निर्माण गर्दा सम्भावित विपदको जोखिमलाई पनि मध्यनजर गरेर तालिम दिनुपर्नेमा जोड दिए । तालिमले विपदका बेला विदेशबाट गोताखोर बोलाउनुपर्ने अवस्थाको अन्त्य भएको गृह सचिव टेकनारायण पाण्डेले बताए ।

नेपालमै गोताखोर उत्पादन हुनु विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धि भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । विभिन्न चुनौतीकाबीच गोताखोर तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण टिमलाई बधाई दिंदै ज्यान बचाउने सेवाभावका साथ काममा खटिन सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले निर्देशन दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९७ लाख रुपैयाँ बराबरको उद्धार सामाग्री हस्तान्तरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.